वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
बसन्तपुर नयाँ शहर तेह्रथुम जिल्ला, लालीगुराँस नगरपालिकाको बसन्तपुर बजार क्षेत्रमा अवस्थित रहेको छ । नेपाल सरकारको आ.व. २०६७/०६८ को नीति तथा कार्याक्रम अनुसार आधुनिक नयाँ शहरहरूको विकास तथा निर्माण गर्ने सोच बमोजिम स्थापना भर्इ सघन शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजना संचालनमा रहेको थियो । आ.व. २०७१/०७२ देखि छुट्टै बजेट शिर्षकबाट कार्यक्रमहरू कार्यान्वयन भइरहेको छ । मध्यपहाडी (पुष्पलाल) राजमार्गलार्इ छुने १० वटा नयाँ शहरहरू मध्ये बसन्तपुर नयाँ शहर एक हो । शुरूवाती चरणमा तत्कालिन शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, धनकुटाबाट संचालन रहेको र मिति २०७२/०६/२२ देखि अख्तियारी सहित बसन्तपुरबाट नै संचालन भएको थियो । मिति २०७५/०९/०२ देखि २०७६/०७/०१ सम्म संघिय आयोजना कार्यान्वयन इकार्इ मोरङ, विराटनगरबाट संचालन भएको थियो । पुन: मिति २०७६/०७/०१ देखि हालसम्म बसन्तपुरबाट नै पूर्ण अख्तियारीमा आयोजना संचालनमा रहि कार्यक्रमहरू कार्यान्वयन भइरहेको छ । आ.व. २०७३/७४ मा नयाँ शहर आयोजना समन्वय कार्यालयले तयार गरिएको IDP अनुसार कार्यक्रम/योजनाहरू कार्यान्वयन भइरहेको छ ।
बसन्तपुर शहरलाई पूर्वको व्यवस्थित र पहिचान झल्कने शहरको रूपमा निर्माण गर्ने । ठूला शहर र तराइ तिर बसाइँसराइ सरी जाने क्रम न्यूनीकरण गर्ने । शिक्षा, स्वास्थ्य, यातायात, सांस्कृतिक र पर्यटन व्यवसाय विकास गरी स्थानीय जनताको पहुँचमा पुर्याउने । पर्यटन व्यवसाय प्रवर्धक गरी आर्थिक विकासमा सहयोग पुर्याउने । वि.स. २०९० सम्ममा बसन्तपुर नयाँ शहरमा कम्तिमा १ लाख जनसंख्या बसोबासको लागि आधुनिक पूर्वाधार निर्माण गर्ने ।